२०८२ पौष ११ गते शुक्रवार
स्याङ्जा । पुतलीबजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरु गरेको छ। नगरप्रमुख तुलसीराम रेग्मीले शुक्रबारदेखि सो सेवा सुरु गरेको जानकारी गराए।
उनले भने, ‘अनलाइन सेवा प्रयोग गर्न जान्ने जो कोहीले पनि स्थानीय कर अब आफ्नै घरमा बसेर भुक्तान गर्न सक्नुहुनेछ। पालो पर्खेर कर बुझाउनु पर्ने झन्झट हटेको छ।’
पुतलीबजार र गण्डकी प्रदेश अन्तर्गत, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम को सह लगानीमा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत सेवा सुरु गरेको उनले बताए।
उनले भने, ‘सेवा प्रवाहमा सूचना प्रविधिका नवीनतम् उपाय, उपकरण, विधि र माध्यमहरुको प्रयोग गरी छिटो, पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उद्देश्य हो। नगद रहित राजस्व संकलन गर्न मिल्ने गरी क्यूआर भुक्तानी समेतको सुरुवात गरेका छौं।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij