२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले राजस्व बोर्ड बनाउन प्रस्ताव गरेका छन् । आइतबार जारी बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् । “राजस्व बोर्ड बनाउँ,” थापाको प्रस्ताव छ ।
उनले थपे, “यसले कार्यकारी काम पनि गर्छ र एड्भाइजरको काम पनि गर्छ । र, त्यो बनाएपछि करको दरको प्रस्ताव गर्दैगर्दा करको दर हेरफेर गर्न पाइन्छ ।
नभए विधेयक किन ल्याउने ? तर, एउटा एउटा करको दर हेरफेर किन गरेको ? औचित्य के हो ? छुट दिइयो भने त्यसको भार कति पर्यो ? हटाइयो भने छुट दिँदाको उद्देश्यमा कति फरक पर्यो ? कुन प्रमाणका आधारमा छुट दिइयो ? चाहे त्यो विद्युतीय गाडीको सन्दर्भमा होस्, चाहे जुनसुकैमा होस् । प्रमाण के हो ? अध्ययन कहाँ भयो ? केको आधारमा गरियो ? संसद्मा ल्याउँदाखेरि यी सबै लिएर आउनुपर्छ । यस्तो गर्दैगर्दा खासगरी ‘पर्फमेन्स बजेटिङ्ग’तिर जानसक्छौँ ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij