Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

४०.४८ अंकको वृद्धि सेयर बजारमा, साढे ३ अर्ब बराबरको कारोबार

४०.४८ अंकको वृद्धि सेयर बजारमा, साढे ३ अर्ब बराबरको कारोबार


  • 2.5K
    Shares

    ४०.४८ अंकको वृद्धि सेयर बजारमा, साढे ३ अर्ब  बराबरको  कारोबार
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । आइतबार सबै उपसूचकहरु हरियाली देखिए । सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धि भयो ।

    आइतबार २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । आइतबार ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । सिटी होटल आइतबारदेखि कारोबारमा आएको हो । गुहेश्वरी मर्चेण्ट, रियलाइन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

    आइतबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, मेघा म्यूचअल फण्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । नागरिक लगानी कोष, शिवमः सिमेन्टसहितका धितोपत्रको बढी कारोबार भएको छ ।

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १४:२०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij