२०८२ पौष ११ गते शुक्रवार
काठमाडौँँ । आजबाट धितोपत्र दोस्रो बजारमा सिटी होटलको सेयर कारोबार खुलेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको रेन्जभित्र स्पेसल प्रि–सेसनमा सिटी होटलको सेयर किनबेच भएसँगै आजबाट नियमित समयका लागि कारोबार खुलेको हो।
नेप्सेले पहिलो कारोबारका लागि भने यो होटललाई प्रतिकित्ता न्यूनतम ८७.८३ रुपैयाँदेखि अधिकतममा २६३.४९ रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो। प्रि–सेसनमा यो होटलको सेयर १११.१० रुपैयाँमा किनबेच भएको छ।
सिटी होटलको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो। नेप्सेले सिटी होटललाई ‘सीआईटीवाई’ कारोबार संकेत प्रदान गरेको छ।
सिटी होटलको १०० अंकित दरका कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापकको १ करोड ५० लाख ६६ हजार कित्ता र सर्वसाधारणको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित) १६ लाख ७४ हजार कित्ता रहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij