२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेपछि मंगलबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९३ हजार ८ सय थियो ।
सोमबार प्रतितोला १२१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३० रुपैयाँ घटेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij