२०८२ फाल्गुण १९ गते मंगलवार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो।
यसअघि आइतबार प्रतितोला तीन लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकैपटक ८ हजार १ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो। सार्वजनिक बिदा परेकाले सोमबार भने सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij