Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै एनपीनग

काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै एनपीनग


  • 2.4K
    Shares

    काठमाडौंमा ५ दिने कार्यशाला आयोजना गर्दै एनपीनग

    काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले पाँच दिने कार्यशाला आयोजना गर्ने भएको छ । असार  ३  देखि ८ सम्म सञ्चालन हुने कार्यशाला काठमाडौंको  होटल रोयल सिङ्घी र होटल एलफ्ट हुने आयोजकले जनाएको छ । 

    एनपी नग– एट (npNOG-8) नामक यो कार्यक्रम अन्तर्गत पाँच दिने कार्यशाला र  १ दिने सम्मेलन आयोजना हुने । कार्यशालामा नेटवर्किङ एवम् सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यवसायिक विज्ञहरूबाट दुई ओटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने जनाएको छ । 

    इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) ले उक्त कार्यशाला संयुक्त रुपमा सञ्चालन गर्ने छन् । 

    जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्टक्चर र बीजीपी एन्ड आईपीभीसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन्।

    कार्यक्रमको अन्तिम दिन सम्मेलन आयोजना हुनेछ र उक्त कार्यक्रममा आईटी सम्बन्धी विज्ञहरूले आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्ने छन् । तालिम कार्यक्रममा सूचना सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत करीब १५० जना भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । 

    एनपीआईएक्सका प्रबन्ध निर्देशक रुपेशभक्त श्रेष्ठका अनुसार यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका समुदायको पारस्परिक ज्ञान आदान प्रदानमा सहयोग पुग्नेछ । “कार्यशालामा व्यवसायिक विज्ञहरूले स्वयंसेवाको रूपमा तालिम दिनेछन्,” कार्यक्रमको बारेमा जानकारी दिंदै श्रेष्ठले भने । 

    एनपी नगका अध्यक्ष समित जनले वर्षको दुई ओटा कार्यक्रम गर्ने गरेको बताए । “हामीले एउटा काठमाडौंमा र अर्को काठमाडौं बाहिर आयोजना गर्ने गरेका छौं,” उनले भने । 

    जनले देशको लागि सक्षम व्यावसायिक प्रावधिक जनशक्ति तयार पार्ने कार्यमा एनपी नगको भूमिका सधैं उच्च रहने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले https://npnog.org.np/npnog8/registration मा गएर रजिस्ट्रेसन गर्न सक्ने छन् । कार्यशाला र सम्मेलन दुवैमा सहभागिताका लागि रजिस्ट्रेसन शुल्क २० हजार रुपैयाँ (विदेशीका लागि २०० अमेरिकी डलर) निर्धारण गरिएको छ।

    त्यस्तै कार्यशालाका लागि मात्र १७ हजार रुपैयाँ (विदेशीका लागि १५० अमेरिकी डलर) र सम्मेलनका लागि मात्र पाँच हजार रुपैयाँ (विदेशीका लागि ५० अमेरिकी डलर) रजिस्ट्रेसन शुल्क तिर्नुपर्नेछ ।

     

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १०:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij