Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यस्तो छ बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव (पूर्णपाठ)

यस्तो छ बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव (पूर्णपाठ)


  • 2.8K
    Shares

    यस्तो छ बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव (पूर्णपाठ)

    काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेपालका राजनीतिक दलहरूलाई पाँच वटा धारहरूमा विभाजित गरेको छ । 

    पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा उदारवादी लोकतान्त्रिक धार, साम्यवादी धार, पुनरुत्थानवादी संवर्द्धनवादी धार, जातीय-क्षेत्रीय पहिचानवादी धार र नयाँ तथा वैकल्पिक शक्तिहरूका रूपमा विभाजन गरेको हो ।

    भट्टराईले नेपाली काँग्रेसलाई उदारवादी लोकतान्त्रिक धार भएको पार्टीको रूपमा व्याख्या गरेका छन् । त्यस्तै, साम्यवादी धारमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदिलाई समावेश गरेका छन् ।

    पुनरुत्थानवादी संवर्द्धनवादी धारमा राप्रपालाई पश्चगामी र रूढिवादी सोच राख्ने सानो तप्काको प्रतिनिधित्व गर्ने पार्टीको रूपमा व्याख्या गरिएको छ । जातीय-क्षेत्रीय पहिचानवादी धारका प्रतिनिधिहरूमा जसपा, लोसपा, जनमुक्ति, लिम्बुवान मञ्च लगायतका दललाई राखिएको छ ।

    नयाँ तथा वैकल्पिक शक्तिहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील साझा पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी राखेका छन् । यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक धार अझै प्रस्ट नरहेको तथा अनौपचारिक कुराकानीमा पार्टीले आफूलाई ‘राइट-अफ सेन्टर’ (मध्य दक्षिण) धारको भन्ने गरेको उल्लेख गरेका छन् ।

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - १३:१५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij