Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड


  • 2.3K
    Shares

    युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड
    images

    काठमाडौँ । युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । यसमा ३७ हजार ९४२ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यी मध्ये ५ जनाले ११ कित्ता प्राप्त गरेका छन् ।

    एफपीओमा कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकोमा १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

    लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म कायम रहनेछ । 

    बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सकिने छ । साथै, युनिक नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिन्छ । 

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - ११:१२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij