Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेशनल हाइड्रोपावरले पायो हकप्रद निष्काशनको अनुमति, बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल

नेशनल हाइड्रोपावरले पायो हकप्रद निष्काशनको अनुमति, बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल


  • 2.5K
    Shares

    नेशनल हाइड्रोपावरले पायो हकप्रद निष्काशनको अनुमति, बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल
    images

    काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । कम्पनीले कुल चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । 

    कम्पनीको चुक्ता पूँजी एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । उक्त पूँजीको ५० प्रतिशत अर्थात ८२ करोड २१ लाख रुपैयाँको हकप्रद निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।

    हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै २०७९ कार्तिक २२ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

    कम्पनीको आज विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशनका लागि असार एक गते बुक क्लोजको मिति तय गरेको छ । जेठ ३२ गतेसम्म शेयर खरिद गर्नेले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १५:१६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij