२०८२ पौष ११ गते शुक्रवार
काठमाडौं । नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दूमा आएको छ । यस दिन २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
नेप्से सूचक सकारात्मक भएपछि खरिदबिक्री रकममा पनि वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन २६१ कम्पनीको ६५ लाख ४१ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढी रकमसहित कारोबार रकममा सोल्टी होटल अगाडि आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij