Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा


  • 4.6K
    Shares

    नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
    images

    काठमाडौँ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले पहिलो चरणको आइपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो । 

    कम्पनीले विदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आइपीओमा कुल २० हजार ७ सय ९१ जनाको आवेदन परेकोमा २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको छ ।

    योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १० कित्ता वा बढीको लागि आवेदन दिने २० हजार ७ सय ८५ जनाले १० कित्ता कै दरले शेयर पाएका छन् । 

    त्यस्तै, २० कित्ता वा बढीको लागि आवेदन दिने १६ हजार ५ सय ९५ जनाले थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै, ३० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिने १२ हजार १ सय ११ जना मध्ये ६ हजार १ सय ५० जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ३० कित्तासम्म शेयर पाएका छन् ।

    आइपीओ नतिजा बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/, सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

     

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १२:१८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij