Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

बालुवाटारमा ‘बा’को अचेल यसरी हुन थाल्यो बर्बराहट, कोहीबाट पार नलागे पछि पाण्डे फकाउदै ओली  

बालुवाटारमा ‘बा’को अचेल यसरी हुन थाल्यो बर्बराहट, कोहीबाट पार नलागे पछि पाण्डे फकाउदै ओली  


  • 17.6K
    Shares

    बालुवाटारमा ‘बा’को अचेल यसरी हुन थाल्यो बर्बराहट, कोहीबाट पार नलागे पछि पाण्डे फकाउदै ओली  

    काठमाडौं । प्रतिनिधिसभा विघटनपछि आफ्नो पक्षमा जनमत सिर्जना गर्न प्रधानमन्त्री आफैँ देश दौडाहामा लागेका छन् । यसबीच महेश बस्नेतबाहेक ओलीका खास मान्छेहरु खुलेर दौडाहामा हिँडेको पनि देखिँदैन । बस्नेतबाहेक ‘बा’ को पक्षमा सँसदीय दलका उपनेता सुवास नेम्वाङलगायत हस्तीहरु मेची–महाकाली नदौडनुको कारणबारे सबैमा कौतुहलता छ ।

    शुरुका दिन एक दुई ठाउँमा पूर्व सरकारी प्रवक्ता गोकुल बाँस्कोटा गएका थिए । तर, उनी पनि एकाएक ब्याक भए । एकपटक चितवनमा खटाइएका बाँस्कोटालाई नरुचाएको पाइएपछि उनी काभ्रेतिरै केन्द्रित भएका हुन् । उनको उपस्थितिलाई जनताले ठ्याक्कै एक वर्षअघिको करोडौंको लेनदेन बिबादसँग जोडेपछि उल्टो परिणाम आउने डरले ब्याक गराइएको बताइन्छ । नेम्बाङ्गले पनि भित्रै बाट साथ नदिएको पाए पछि उनलाई न आफ्नो न पराईको अबस्थामा राखिएको हो। 

    माओवादी जग्जगीको बेला वाइसियलसँग भिड्न युवा संघको नेतृत्व गरेकाले र देशभरि संघको नेटवर्क भएकाले उनको माग ७७ वटै जिल्लामा रहेको चर्चा छ । उनीहरुको तर्क छ ‘उनी जहाँ जान्छन् त्यहिँ माहौल सिर्जना गर्ने भएकाले बालुवाटारले अघि बढाएको हो ।’ मधेसी सांसद अपहरण प्रकरण र पूर्वएमाले दल दर्तामा संलग्न भएको आरोप लागे पनि युवाहरूलाई आकर्षित गर्न बस्नेतसँग खुबी रहेको उनका समर्थकहरुको दाबी छ । त्यसो त अहिलेका युवालाई ईश्वर पोखरेललगायत अघिल्लो पुस्ताका नेताले आश्वस्त तुल्याउन सक्ने अवस्था पनि देखिन्न । युवासंघभित्रैका रमेश पौडेल वा निरु पाललाई भाषण गराउँदा पनि माहौल तातेको पाइएन । किनभने पाललाई कञ्चनपुर र राजीव पहारीलाई पोखरामा समेत पत्याएको भेटिन्न ।

    त्यसैगरी अखिलका नेता ऐन महरले पनि छवि सुधार्न नसकेपछि अरुभन्दा पछाडि परेका छन् । उनलाई अखिलभित्रैका धेरैले पत्याउँदैनन् भनिन्छ । पूर्व उपाध्यक्षहरू रश्मी आचार्य, महेश गड्तौला, शैलेश लामाले महरलाई कौडीको भाउमा पनि पत्याएका छैनन् । बरु अलिअलि सुनिता बरालले पत्याएको देखिन्छ । त्यसैले गुटमा पनि महर अल्पमतमा पुगेका हुन् ।

    मधेसका मान्छे तान्ने क्रममा निर्वाचन भयो भने त्यहि ढंगले उम्मेदवार बनाउने भन्दै पहिलेका मन्त्री इस्तिहाक राइन र रिज्वान अन्सारीलगायतलाई फकाउने पहल पनि शुरु भएको छ । अहिले विभिन्न दलबाट भित्र्याइएका केही विवादास्पद फिगर त्यसैको रोडम्याप हो । राप्रपाका विक्रम पाण्डेलाई चितवनमा ‘भित्र्याउने’ र टिकट दिएर प्रचण्डलाई नै हराउने योजना निकै अघि बढेको स्रोतको दाबी छ । चाकडी गर्ने तर सिन्को भाच्न नसक्नेको जत्थामात्र देखे पछि ओली सबै तिर आफै भिड्नु परेको उनले आफु निकटका संग दुखेसो गर्ने गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १६:१०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij