२०८२ पौष ११ गते शुक्रवार
काठमाडौँ । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारण सभाबाट कुमुदकुमार दुगड दोस्रोपटक अध्यक्षमा निर्वाचित बनेका छन् । संघको २३औं वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्विरोध निर्वाचित बनेका हुन् ।
सभाबाट प्रथम उपाध्यक्ष दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्ष अरुण गोयनका, तृतीय उपाध्यक्ष विकास बेगवानी, महासचिव राधेश्याम अग्रवाल निर्वाचित भएका छन् ।
यस्तै, सचिवमा आनन्द ओझा, सचिव धिरज गोल्छा, सचिव सन्जय अग्रवाल, कोषाध्यक्ष विनोदकुमार अग्रवाल लगायत कार्यसमिति सदस्यसहित १७ जनाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
यस्तै, साधारण सभाले मैदा शतप्रतिशत कृषि प्रोसेसिङ उद्योग भएकोले सरकारले मैदालाई कृषि उद्योगमा राखी सुविधा दिन पहल गर्ने समेत निर्णय गरेको छ ।
यसबाहेक, नेपालमा गहुँको उत्पादन बढाउन नेपाल सरकार, किसान र व्यवसायी मिलेर दीर्घकालीन नीति तर्जुमा गर्ने, मैदाको कच्चा पदार्थ गहुँ नेपालको उत्पादनले मात्र नपुग्ने भएकाले भारतबाट आयात गर्नु पर्ने बाध्यताकारी परिस्थितिलाई सहज बनाउने लगायतका निर्णय समेत गरेको छ ।
यसबाहेक, मैदा नेपालमा आत्मनिर्भर भइसकेकोले विदेशबाट मैदा आयातको आवश्यक नपर्ने, नेपाल सरकारबाट निर्यात अनुदान दिएमा चिन लगायत तेस्रो मुलुकमा मैदा निर्यात गर्न सकिने हुँदा उद्योग संरक्षणको लागि निर्यात अनुदान प्रदान गर्नु पर्ने समेत निर्णय गरेको छ ।
बैक ब्याज एकल बिन्दुमा कायम गर्न पहल गर्ने र उद्योगकै नाममा गहुँ आयात गर्दा भन्सार दर १ प्रतिशत कायम गर्न पर्ने माग संघको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij