२०८२ पौष ११ गते शुक्रवार
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले कम्पनीको बाह्रौँ र तेह्रौँ बार्षिक साधारण सभा असार १३ गते गर्ने निर्णय गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले सभाको मिति र स्थान तय गरेको हो । सभा धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ।
सभाले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह क बाट ४ जना र समूह ख बाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गते बुधबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij