Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

नबिल सेक्युरिटिजसहित थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स

नबिल सेक्युरिटिजसहित थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स


  • 1.8K
    Shares

    नबिल सेक्युरिटिजसहित थप ११ कम्पनीले पायो ब्रोकर लाइसेन्स
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल (सेयर ब्रोकर) लाइसेन्स प्रदान गरेको छ । यसअघि ब्रोकरलाइसेन्सका लागि आवेदन दिएर आशयपत्र समेत पाएका ११ कम्पनीलाई बोर्डले सोमबार ब्रोकर कारोबारको अन्तिम अनुमति दिएको हो ।

    बोर्डका अनुसार ब्रोकर लाइसेन्स पाउनेहरुमा नबिल बैंक (नबिल सेक्युरिटिज) सहित ११ कम्पनीहरू रहेका छन् । एलिट स्टक हाउस लि, एन्फिनिटी सेक्युरिटिज लि, डन्डेक्स सेक्यूरिटिज लि, शुभकामना सेक्युरिटिज प्रा.लि.ले सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् । 

    यस्तै, हातमालो फाइनान्सिङ सर्भिसेस प्रा.लि, मनि वर्ल्ड शेयर एक्सचेञ्ज प्रा.लि, माछापुच्छ्रे सेक्युरिटिज लि, के.वि.एल. सेक्युरिटिज लि. र कलश स्टक मार्केट प्रा.लि.ले पनि सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।

    यता मेघा स्टक मार्केट्स लि.ले पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएको छ भने नबिल बैङ्कद्वारा सञ्चालित नबिल सेक्युरिटिज लि.ले धितोपत्र व्यापारीको अनुमति पाएको छ ।

    सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेर आशयपत्र पाएका ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - ११:११:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij