Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

आजदेखि नयाँ सारथी लघुवित्तको २२ हजार ८३१ कित्ता संस्थापक सेयर बिक्रीमा

आजदेखि नयाँ सारथी लघुवित्तको २२ हजार ८३१ कित्ता संस्थापक सेयर बिक्रीमा


  • 1.8K
    Shares

    आजदेखि नयाँ सारथी लघुवित्तको २२ हजार ८३१ कित्ता संस्थापक सेयर बिक्रीमा
    images

    काठमाडौँ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आज जेठ २३ गतेबाट बिक्रीमा राखेको छ।

    संस्थाले २२ हजार ८३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। जसमा संस्थापक सेयरधनी पूर्णबहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशमराज बिष्टको नाममा रहेको १० हजार ८३१ कित्ता छन्। 

    बिक्रीमा राखिएको यो संस्थापक सेयरमा योग्य जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनको समय दिएर सेयर बिक्रीमा राखिएको थियो। तर, संस्थापक सेयरधनीहरुले कुनै खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संघसंस्थाहरुलाई बिक्री खुलाइएको हो। 

    सेयर खरिदका लागि ७ दिनको अवधि दिइएको छ। यो अवधिभित्र इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई काभ्रेको धुलिखेलस्थित संस्थाको प्रधान कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

     

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - ०९:४१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij