Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

आन्दोलन गर्न पैसा नभएको बताउने देउवालाई रामकुमारी झाँक्रीले सिकाइन् यस्तो सबक 

आन्दोलन गर्न पैसा नभएको बताउने देउवालाई रामकुमारी झाँक्रीले सिकाइन् यस्तो सबक 


  • 39.6K
    Shares

    आन्दोलन गर्न पैसा नभएको बताउने देउवालाई रामकुमारी झाँक्रीले सिकाइन् यस्तो सबक 
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन ६ गते कास्कीमा आयोजित कार्यक्रममा बोल्दै ‘आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको’ बताए । संसद विघटनविरुद्ध कडा आन्दोलन नगरेको भनेर पार्टीको एउटा खेमाले दपेटिरहँदा उनले प्रतीक्षामा पैसाको बहाना देखाएका हुन् ।

    प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ ठहर गर्दै कांग्रेसले देशका विभिन्न स्थानमा तीन चरणमा प्रदर्शन र सभा गरेको छ ।

    नेपाल कम्युनिष्ट पार्टीको सत्ताधारी र विपक्षी दुवै घटकले राजधानी काठमाडौंसहित देशका प्रमुख शहरहरूमा शक्ति प्रदर्शनसहितको सभा गरेका थिए । कांग्रेस भने जिल्ला, क्षेत्र, गाउँ/नगर हुँदै वडा केन्द्रित आन्दोलनमा लाग्यो । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले शक्ति प्रदर्शनसहितको बृहत् आन्दोलन गर्नुपर्ने बताए पनि देउवा त्यसमा सहमत भएनन् । आन्दोलनका मञ्चमा पनि ‘चुनावको तयारी थाल्नुपर्ने’ अभिव्यक्ति देउवाले दिएका छन् ।

    ‘आन्दोलन गर्न पैसा चाहिन्छ । हामीसँग पैसा छैन । जबरजस्ती आन्दोलनमा बोलाउन सक्दैनौं’ सभापति देउवाको भनाइ थियो ।

    आन्दोलन गर्न पैसा नभएको देउवाको अभिव्यक्तिले पार्टीभित्र एकप्रकारको तरंग भने ल्याएको छ । वरिष्ठ नेता पौडेलले इटहरीबाटै देउवाको अभिव्यक्तिको खण्डन गरे ।

    ‘आन्दोलन गर्न पैसा होइन विचार चाहिन्छ । उहाँसँग पैसा होइन, विचार नभएको हो’, पौडेलको भनाइ थियो ।

    आन्दोलनसँग आत्तिने देउवा

    चारपटक देशको कार्यकारी बनेका देउवा अहिले देशकै पुरानो प्रजातान्त्रिक पार्टीको नेतृत्वमा छन् । यद्यपि आजसम्म कुनै पनि राजनीतिक आन्दोलनमा उनको नेतृत्वदायी भूमिका देखिएको छैन । देउवा निकटस्थहरूका अनुसार विद्यार्थी राजनीति गर्दादेखि नै उनी आन्दोलनप्रति रुचि राख्दैनथे ।

    २०३६ सालमा देउवा नेविसंघको अध्यक्ष भए पनि जनमत संग्रह घोषणा गर्न बाध्य पार्ने आन्दोलनको नेतृत्व बलबहादुर केसीले गरेका थिए । आन्दोलन चर्काउन पार्टी नेतृत्वले नै देउवा अध्यक्ष रहँदै केसीलाई कार्यवाहक अध्यक्ष बनाएको थियो ।

    कांग्रेस राजनीतिमा महत्वपूर्ण मानिने सुरजपुरा काण्डमा देउवा घाइते भए । रूपन्देहीको सुरजपुरामा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासँगै पुगेका देउवासहितका नेताहरूमाथि पञ्चायतका समर्थकहरूले हमला गरेका थिए । सो क्रममा आक्रमणकारीले प्रहार गरेको ईंटाले लागेर देउवाको ओठ काटेको थियो ।

    महत्वपूर्ण आन्दोलनको अगुवाई नगरे पनि सुरजपुरा काण्डसम्म देउवा संघर्षका लागि तयार ‘नेता’ का रूपमा परिचित भएका थिए । देउवाका समकक्षी एक नेता बेलायत गएसँगै देउवामा परिवर्तन आएको बताउँछन् ।

    ‘हुन त नेविसंघको अध्यक्ष भए पनि देउवाको नेतृत्वमा सम्झनलायक आन्दोलन भएन । कांग्रेसमा लागेका कारण जेलनेल भोगे पनि बेलायत पढ्न गएपछि भने उनले दुःख गर्नै परेन’, ती नेताले भने ।

    संसद पुनःस्थापनाको मागसहित गिरिजाप्रसादको नेतृत्वमा पाँच दल आन्दोलनमा रहँदा देउवा आन्दोलनमा थिएनन् । उनको पार्टी नेपाली कांग्रेस (प्रजातान्त्रिक) र नेकपा एमाले मिलेर ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै सरकार सञ्चालन गरेका थिए ।

    अध्ययनका लागि २०४४ सालमा बेलायत गएका देउवा २०४६ को जनआन्दोलन उत्कर्षमा छँदा मुलुकमै थिएनन् । प्रजातन्त्र पुनःस्थापनलगत्तै गिरिजाप्रसाद कोइरालाले देउवालाई नेपाल बोलाएका थिए । नेपाल फर्केलगत्तै २०४८ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि देउवाले पछाडि फर्कनुपरेन ।

    प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो निर्वाचित सरकारमा गृहमन्त्री रहेका देउवा २०५२ सालमा पहिलोपटक मुलुकको प्रधानमन्त्री भए । २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका उनले सोही कार्यकालमा संसद विघटन गरी निर्वाचन घोषणा गरे । निर्वाचन गराउन नसकेपछि राजा ज्ञानेन्द्रबाट अपदस्त बनेका उनी पुनः २०६१ मा राजाबाटै प्रधानमन्त्रीमा मनोनीत भए ।

    संसद पुनःस्थापनाको मागसहित गिरिजाप्रसादको नेतृत्वमा पाँच दल आन्दोलनमा रहँदा देउवा आन्दोलनमा थिएनन् । उनको पार्टी नेपाली कांग्रेस ९प्रजातान्त्रिक० र नेकपा एमाले मिलेर ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै सरकार सञ्चालन गरेका थिए । राजाबाट २०६१ माघ १९ मा दोस्रोपटक अपदस्थ भएपछि मात्रै देउवा आन्दोलनका लागि तयार भए । यद्यपि शाही आयोग बनाएर राजा ज्ञानेन्द्रले देउवालाई भ्रष्टाचार आरोपमा हिरासतमा राखे ।

    देउवा हिरासतमा छँदा कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति गोपालमान श्रेष्ठले आन्दोलनको मोर्चामा भूमिका खेले । २०६२ फागुन १ गते सर्वोच्च अदालतले शाही आयोग खारेज गरेपछि देउवा हिरासतमुक्त भए । त्यसको अढाइ महिनामै लोकतान्त्रिक आन्दोलन सफल र संसद पुनःस्थापना भयो ।

    आन्दोलन र पैसा

    काठमाडौंमा नेकपाका दुवै घटकले गरेका सडक प्रदर्शनमा आसपासका जिल्लाबाट मान्छे ओसारिएको थियो । आन्दोलनमा आएका सहभागीलाई ‘मासुभात’ सँगै ‘नगद’ को व्यवस्था समेत गरिएको समाचार सार्वजनिक भएका थिए । सभापति देउवाले सोही अर्थमा पैसा बाँडेर आन्दोलन गर्न नसकिने बताएको कांग्रेस नेता गोपालमान श्रेष्ठ बताउँछन् ।

    कांग्रेस संगठन विभागका प्रमुख समेत रहेका नेता श्रेष्ठको भनाइमा कांग्रेस आन्दोलनमै भए पनि देशभरका मान्छेलाई काठमाडौंको सडकमा उतारेको छैन ।

    ‘अस्ति ओली र प्रचण्डको सभामा सयौं गाडी मान्छे ल्याइयो । गाडी ल्याएपछि तेल हाल्नै प¥यो, भाडा तिर्नैप¥यो । खाना, खाजा खुवाएर दुई हजार रुपैयाँसहित पशुपतिसमेत घुमाएको चर्चा चल्यो । कांग्रेसले त्यसरी खर्च गरेर चैं आन्दोलन गर्न सक्दैन भन्नुभएको हो,’ देउवाको भनाइलाई प्रष्ट पार्दै श्रेष्ठले भने । शक्ति प्रदर्शन गर्ने आन्दोलनमा पैसा खर्च हुने कुरा स्वाभाविक भएको र देउवाले गलत नबोलेको श्रेष्ठको भनाइ छ ।

    हाल प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा रहेका अन्य दलका नेता भने देउवाको अभिव्यक्तिप्रति सहमत छैनन् । नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्री आन्दोलन पैसाले नभई मुद्दाले हुने बताउँछिन् ।

    ‘कांग्रेसका धेरै निष्ठावान् नेता, कार्यकर्ता त आन्दोलनकै पक्षमा छन् तर देउवाजीको एजेण्डा आन्दोलन होइन । आन्दोलन गर्न मन नभएका कारण पैसाले मात्रै मान्छे आउँछन् कि भन्ने उहाँलाई लागेको हो’, झाँक्रीले भनिन् ।

    नेकपा जस्तो ‘क्याडरबेस’ पार्टीमा भन्दा कांग्रेस जस्ता ‘मासबेस्ड’ पार्टीमा आर्थिक स्रोत व्यवस्थापन जटिल हुने भए पनि पैसाको अभावले आन्दोलन गर्न नसक्ने तर्क राजनीतिक नभएको झाँक्रीको भनाइ छ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १३:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij