Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सामसङको नयाँ सर्भिस सेन्टर काठमाडौँको मध्य बानेश्वरमा

सामसङको नयाँ सर्भिस सेन्टर काठमाडौँको मध्य बानेश्वरमा


  • 2.3K
    Shares

    सामसङको नयाँ सर्भिस सेन्टर काठमाडौँको मध्य बानेश्वरमा

    काठमाडौँ । सामसङले मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । यो सँगै नेपालमा सामसङद्वारा नेपालमा खोलिएको सर्भिस सेन्टर २१ पुगेको छ । 

    उक्त उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइ एम एसका सेल्स हेड कैलाश अइयको समेत उपस्थिति रहेको थियो । 

    बिक्रीपछिको गुणस्तर सेवा लगायत ग्राहकहरूको लागि निरन्तर रूपमा ग्राहक–मुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हालसम्मै सामसङले काठमाडौँ उपत्यकाभित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा पहिलेदेखि नै आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो ।

    बानेश्वरस्थित रहेको २१ औँ सर्भिस सेन्टरबाट पनि आफ्नो ग्राहकहरूलाई भरपर्दो एवम् सुलभ सेवा प्रदान गर्ने कम्पनीको विश्वास छ । यस बानेश्वरस्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानकारी पाइएको छ । 

    सो प्रारम्भिक सर्भिस सेन्टरबाट बानेश्वरलगायत कोटेश्वर, चाबाहिल, बौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कुरामा पनि सामसङको विश्वास छ ।

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १४:३१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij