२०८२ मंसिर ११ गते बिहिवार
अहिले इन्टरनेट सेवा प्रदायकहरुले विभिन्न मूल्यका मोबाइल डाटा प्याकहरु ल्याइरहेका हुन्छन् । कतिपय डाटा प्याकहरू अनलिमिटेड हुन्छन् भने कतिपयमा निश्चित डाटा खपतको सीमा हुन्छ । यस्तो अवस्थामा अनावश्यक रुपमा धेरै डाटा खपत नहोस् भनेर हामीले विचार पुर्याउनुपर्ने हुन्छ ।
मोबाइल डाटाको अनावश्यक खपत घटाउनका लागि आइफोनमा एउटा फिचर उपलब्ध हुन्छ, जसको नाम हो Low Data mode । यसले प्रयोगकर्तालाई आइफोनमा डाटा खपत घटाउने अनुमति प्रदान गर्दछ । एपका क्रियाकलाप अप्टिमाइज गरेर तथा ब्याकग्राउण्ड डाटा खपतमा बन्देज लगाएर यसो गर्न सकिन्छ ।
आइफोनमा Low Data मोड सक्रिय बनाउनका लागि तपाईंको आइफोन आईओएस १३ वा त्यसभन्दा नयाँ अपरेटिंग सिस्टममा चलेको हुनुपर्दछ । किनकी यो फिचर केवल आईओएस १३ वा त्यसपछिका अपरेटिंग सिस्टममा मात्र उपलब्ध छ ।
त्यसैले यदि तपाईंको आइफोनमा पूरानो आईओएस छ भने अपडेट गर्नुहोस् । त्यसका लागि Settings मा गएर General अप्सनमा जानुहोस् र Software Update मा ट्याप गर्नुहोस् ।
त्यसपछि Low Data Mode इनेबल गर्नका लागि :
तर तपाईंले आफ्नो आइफोनमा कम डाटा खपत हुने मोड सक्रिय पारिरहँदा केही कुरामा भने अवश्य विचार गर्नुपर्ने हुन्छ । जस्तै :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij