Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

मोदी ईनर्जीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

मोदी ईनर्जीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल


  • 1.8K
    Shares

    मोदी ईनर्जीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल
    images

    काठमाडौँ । मोदी ईनर्जी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको हो ।

    कम्पनीले दिएको जानकारी अनुसार जेठ १६ गतेदेखि लागू हुने गरी एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो । 

    शेयर रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीवालाहरूको लगत अद्यावधिक गर्ने लगाएतका सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्नेछ ।

    यस कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गरी वैशाख ३१ गते बाँडफाँट गरेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर सूचीकृत हुन बाँकीनै रहेको छ । शेयर सूचीकरण प्रक्रियासमेत विक्री प्रबन्धकको समन्वयमा कम्पनीले पुरा गर्नेछ ।

     

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १७:१७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij