Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रास्वपाद्वारा डेंगु रोग नियन्त्रण गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता

रास्वपाद्वारा डेंगु रोग नियन्त्रण गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता


  • 3.5K
    Shares

    रास्वपाद्वारा डेंगु रोग नियन्त्रण गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता

    काठमाडौँ । डेंगु रोगको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरि सरकारलाई निर्देशन दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संकल्प प्रस्ताव दर्ता गराएका छन् ।​

    डेंगु एक मानिसबाट अर्को मानिसमा सर्ने भएको र यसले महामारीका रूप लिएको खण्डमा धनजनको अपूरणीय क्षति हुन सक्ने सम्भावनालाई यस वर्षको वर्षायाम सुरु हुनु अगावै यसको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरि सरकारलाई निर्देशन दिनका लागि श्रेष्ठले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

    विश्व स्वास्थ्य संगठनले नेपाललाई डेंगु जोखिमको सूचीमा राखेको उल्लेख गर्दै पूर्व तयारी गर्नुपर्ने लगायतका विषय समावेश गरी संकल्प प्रस्ताव दर्ता गरिएको श्रेष्ठले जानकारी दिए । उनले रोग सार्ने लामखुट्टे नियन्त्रण कार्यका लागि जनस्वास्थ्य निरीक्षकहरूलाई देशभर परिचालन गर्ने, गरिब विपन्न र पिछडिएको समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिनुपर्ने बताए ।

    उनले उपचारका लागि विद्यमान अस्पतालहरूको क्षमता वृद्धि गर्नुपर्ने, रोग नियन्त्रणका स्थानीय तहहरूलाई उनीहरूको उत्तरदायित्व र जिम्मेवारी बोध गराउने कार्यक्रम ल्याउन माग गरेका छन् ।

     

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १६:२४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij