Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

रेड्मी नोट १२ ५जी नेपाली बजारमा सार्वजनिक

रेड्मी नोट १२ ५जी नेपाली बजारमा सार्वजनिक


  • 2.5K
    Shares

    • images
    रेड्मी नोट १२ ५जी नेपाली बजारमा सार्वजनिक
    images

    काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२, ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो रेड्मी नोट १२, ५जी कनेक्टटीभीटिको साथ आएको छ । प्रयोगकर्ताहरूले यस फोनको उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्नेछन् ।

    लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “ रेड्मीमा हामीले हाम्रो उपभोक्ताहरुलाई ध्यान मा राखेर हाम्रो ऊत्पदनहरु ल्याउछौँ जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । 

    रेड्मी नोट १२,५जी नेपाली बजारमा लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं । रेड्मी नोट १२,५जी ले हाम्रा प्रयोगकर्ताहरूलाई ५जी कनेक्टिभिटी र असाधारण कार्यसम्पादन सुनिश्चित गर्दछ । हामी विश्वस्त छौं कि यो स्मार्टफोनले हाम्रा ग्राहकहरूको अपेक्षाहरू पार गर्नेछ र उनीहरूको स्मार्टफोन अनुभवलाई समृद्ध बनाउनेछ ।”

    रेड्मी नोट १२ ५जी नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका अधिकृत रिटेलरहरूमा जेठ २८ देखि उपलब्ध हुनेछ ।

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - १२:२५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij