Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

भारतबाट फेरि बढेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा के होला ?

भारतबाट फेरि बढेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा के होला ?


  • 4.5K
    Shares

    • images
    भारतबाट फेरि बढेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा के होला ?
    images

    काठमाडौँ  । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको बढेको मूल्य विवरण दिएको हो । 

    आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १र१ महिनामा पठाउने गरेको छ । नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ४ पैसा र डिजेलमा २ रूपैयाँ ११ पैसा बढाएर पठाएको छ। त्यस्तै, हवाइ इन्धननमा ७ रूपैयाँ र खाना पकाउनले एलपिजी ग्यासमा ४९ रूपैयाँ घटाएर पठाएको छ। 

    भारतबाट बढेर आए पनि मूल्य यथावत नै राख्नेबारे छलफल भइरहेको नेपाल आयल निगमले बताए। आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमले जनाएको छ । 

    हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५, डिजेल र मट्टितेल एक सय ५५, हवाइ इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट अमेरिकी डलर र खाना पकाउने एलपिजी प्रति सिलिण्डर १८ सय रुपैयाँ छ।

    निगमको अनुसार यसअघि पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजेलमा ८ रुपैयाँ १३ पैसा  मूल्य घटेर आएको थियो ।

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - १२:०७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij