Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

नम्बर सेभ नगरी मेसेज गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

नम्बर सेभ नगरी मेसेज गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप


  • 3.6K
    Shares

    • images
    नम्बर सेभ नगरी मेसेज गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

    अहिले ह्वाट्सएपमा कुनै पनि प्रयोगकर्तालाई मेसेज वा कल गर्नका लागि सबैभन्दा पहिले नम्बर सेभ गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ। नम्बर सेभ नगरी सोझै मेसेज गर्न सकिने सुविधा ह्वाट्सएपमा छैन। तर ह्वाट्सएपले हालै नम्बर सेभै नगरी मेसेज पठाउन मिल्ने सुविधा थप गर्ने घोषणा गरेको छ। 

    वाबेटाइन्फोका अनुसार ह्वाट्सएप हाल प्रयोगकर्ताको गोपनीयता र अनुभूतिलाई थप सुधार गर्न नयाँ फिचरमा काम गरिरहेको छ। जो बीटा भर्जन २.२३.११.१५ को विकास अन्तिम चरणमा पुगेको पनि कम्पनीले जनाएको छ। जसमध्ये एक बिना नम्बर सेभ गरेर मेसेज पठाउन मिल्ने विकल्प समावेश पनि हो।

    प्रयोगकर्ताहरूले ह्वाट्सएपको यो नयाँ फिचर एपको सेटिङ प्रोफाइल सेक्सनमा फेला पार्नेछन्। जसमार्फत् नम्बर सेभ नगरिकन खाता पहिचान गरी मेसेज पठाउन मिल्ने विकल्प समावेश हुनेछ। 

    रिपोर्टका अनुसार यो फिचर रोल आउट भएपछि सबै ह्वाट्सएप प्रयोगकर्ताले नम्बर सेयर नगरिकनै एक अर्कासँग च्याट गर्न सक्नेछन्। यद्यपि यसले कसरी काम गर्नेछ? एकपटक प्रयोगकर्ता नाम सेट गरेपछि प्रयोगकर्ताहरूले कति पटक परिवर्तन गर्न सक्नेछन्? यसबारे कम्पनीले हालसम्म कुनै जानकारी दिएको छैन।

    ह्वाट्सएपले हालै मेसेज इडिट गर्न मिल्ने र च्याट लक गर्ने सुविधा ल्याएको छ।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - ०९:२६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij