Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध उजुरी दिन आह्वान

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध उजुरी दिन आह्वान


  • 2.3K
    Shares

    प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो, कार्कीविरुद्ध उजुरी दिन आह्वान
    काठमाडाैँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीको आह्वान गरिएको छ ।

    मङ्गलवार बिहान बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस कार्कीविरुद्ध उजुरी वा सूचना दिन आह्वान गरेको हो ।

    समिति सभापति ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिए । समितिले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

    समितिको कार्यविधिअनुसार संवैधानिक परिषद्बाट प्रस्तावित व्यक्तिको सिफारिसबारे सर्वसाधारणलाई जानकारी दिने र कुनै सूचना वा उजुरी दिन आह्वान गरिएको हो ।

    १० दिनको समय दिएर उजुरी आह्वान भएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । कार्कीविरूद्व लिखित वा इमेलमार्फत उजुरी दिन सकिनेछ ।

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - ०९:४६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij