Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

पर्यटन दशक कार्यान्वयन, वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य

पर्यटन दशक कार्यान्वयन, वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य


  • 2.6K
    Shares

    पर्यटन दशक कार्यान्वयन, वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य
    images

    काठमाडौँ । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा सन् २०२३–२०३२ को कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

    अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै सदनमा पेश गरेको चालु आवको आर्थिक सर्वेक्षण अनुसार प्रर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर समग्र पर्यटन विकासका लागि पर्यटन दशक कार्यान्वयनमा रहेको छ । नेपालको ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना सन् २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने लक्ष्य लिएको छ ।

    कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिर्दै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको छ ।

    पर्यटकबाट रु ४६ अर्ब ७६ करोड आम्दानी

    सन् २०२२ मा विभिन्न उद्देश्यले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट सङ्कलन भएको विदेशी मुद्रा १९०.० प्रतिशतले बढेर कूल रु ४६ अर्ब ७६ करोड पुगेको छ ।

    पर्वतारोहण दलको सङ्ख्या सन् २०२२ को अन्त्यसम्म एक हजार नौ सय ५२ पुगेको छ । हिमाल पर्वतारोहीको सङ्ख्या सन् २०२० मा चार सय ४७ र सन् २०२१ मा तीन हजार चार सय ४६ रहेकोमा सन् २०२२ मा आठ हजार चार सय ६८ पुगेको हो । 

    पर्वतारोहीको सङ्ख्यामा भएको वृद्धिसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी वृद्धि भएको छ । रोयल्टी सन् २०२२१ मा रु ६३ करोड ५२ लाख ४९ हजार सङ्कलन भएकोमा सन् २०२२ मा रु ७० करोड ३४ लाख ३० हजार पुगेको छ । चालु आवको फागुनसम्म सबै प्रकारका होटल शय्याको सङ्ख्या ३७ हजार ३० पुगेको छ । असारसम्म २४ क्यासिनो सञ्चालनमा छन् ।

     

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - ११:३७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij