Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भ्रष्टाचारविरुद्ध लागेका कारण आफू कतिखेर मारिन्छु ? थाहा छैन्ः प्रधानमन्त्री दाहाल

भ्रष्टाचारविरुद्ध लागेका कारण आफू कतिखेर मारिन्छु ? थाहा छैन्ः प्रधानमन्त्री दाहाल


  • 2.5K
    Shares

    भ्रष्टाचारविरुद्ध लागेका कारण आफू कतिखेर मारिन्छु ? थाहा छैन्ः प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध लागेका कारण आफू मारिनसक्ने बताएका छन् । 

    आफ्नो पत्रकार निकट संगठनको कार्यक्रममा शनिबार उनले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा आफू हामफालेको तर्क गरे ।

    यो (भ्रष्टाचार) लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो ? कतिबेला दुश्मनबाट मारिने हो ? भन्ने ठेगान नभएको दाहालले बताए । 

    उनले भने, ‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ । जनयुद्धको बेलामा कतिबेला मारिन्छ भन्ने थाहा थिएन ? अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो ? मारिने हो ? दुश्मनको घातप्रतिघातमा परिने हो ? ठेगान छैन ।’

    दाहाल अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने दाबी गरे । उनले केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुनेसमेत बताए । त्यो एक्सनले पार्ने तरंग पनि ठूलठूलो हुने उनको भनाइ छ । अब भ्रष्टाचारविरुद्ध एक्सन लिनुको विकल्प नभएको दाहालले बताए ।

    उनले थपे, ‘अहिले नदेखिएको मात्रै हो । केही समयभित्रै ठूलाठूला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठूलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं ।’ 

    प्रकाशित मिति :जेठ १३ २०८० शनिवार - १३:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij