Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ताप्लेजुङमा आगलागी, पूर्व वडाध्यक्षको घर जलेर नष्ट

ताप्लेजुङमा आगलागी, पूर्व वडाध्यक्षको घर जलेर नष्ट


  • 2.0K
    Shares

    ताप्लेजुङमा आगलागी, पूर्व वडाध्यक्षको घर जलेर नष्ट

    ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ दोखुमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

    आज (शनिबार) बिहान भएको आगलागीमा फुङलिङ नगरपालिका वडा नं ८ का पूर्व वडाध्यक्ष पदम पालुङ्वाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारि दिए ।

    उनका अनुसार आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भएको र क्षतिको विवरण आउन बाँकी रहेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन् । कार्कीले प्रहरी टोली घटनास्थलमा रहेको र क्षतिको विवरण संकलन भइरहेको समेत जानकारी दिए ।

    प्रकाशित मिति :जेठ १३ २०८० शनिवार - १३:३५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij