Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

टेलिकमका पदाधिकारीहरुको नामले गलत आवेदन खुलाइँदै

टेलिकमका पदाधिकारीहरुको नामले गलत आवेदन खुलाइँदै


  • 2.3K
    Shares

    टेलिकमका पदाधिकारीहरुको नामले गलत आवेदन खुलाइँदै

    काठमाडौँ । नेपाल टेलिकमले आफ्ना कुनै पनि शाखामा जागिर नखुलेको र सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको बताउँदै कम्पनीको यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी  खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरूको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको बताउँदै कम्पनीको यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    प्रवक्ता शोभन अधिकारीका अनुसार कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रूपमा सार्वजनिक गर्ने गरेको छ । अधिकारले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिन आग्रह गरेका छन् ।

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - १७:०३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij