२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । सुचीमा नै प्रवेश नगरी यसअघि दुई पटक स्थगन भएको प्रदेश सभा बैठक आज दिउँसो २ बजे बस्दैछ । बैठक बस्नुअघि कार्य व्यावस्था परार्मश समितिको बैठक बस्नु पर्ने हो । तर अहिले सम्म बोलाएको छैन् ।
‘आज कार्य व्यावस्था परार्मश समितिको बैठकको समय अहिले सम्म तोकिएको छैन्,’ प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले भने, ‘अस्ती पनि लामो समय सम्म बसेको हो आज अस्तीको परार्मशलाई लिएर अघि वढ्न सक्ने अवस्था पनि छ ।’ कार्य व्यवस्था समितिमा विवाद हुने भएपछि सभामुखले आफ्नो निर्णयले सदनका कारवाही अघि वढाउने सोच वनाएको स्रोतको भनाइ छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफूविरुद्धको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिए प्रदेशसभा विघटन गर्ने तयारीमा छन् ।
मुख्यमन्त्रीनिकट स्रोतका अनुसार प्रचण्ड–माधव समूहले प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा कांग्रेस उभिए राईले प्रदेशसभा नै विघटन गर्नेबारे आन्तरिक छलफलसमेत चलाएका छन् ।
प्रदेशमा राजनीतिक अस्थिरता भित्र्याउनुभन्दा अहिलेको परिस्थितिमा प्रदेशसभा विघटन गर्नु उचित रहेको निष्कर्ष निकालेर राई विघटनको मुडमा पुगेको उनीनिकट स्रोतको दाबी छ ।
९३ जना सांसद रहेको प्रदेश १ मा नेकपाका ६७ सांसद छन् भने कांग्रेसका २१ सांसद छन् । १२ पुसमा नेकपा प्रचण्ड–माधव समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । राईका पक्षमा २१ जना संसद मात्र प्रष्ट रूपमा खुलेका छन् ।
मुख्यमन्त्री राईले गत साता नै प्रदेशसभा विघटन गर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कानुनका जानकारहरूसँग परामर्श लिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij