२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानले पुराना नेता तथा संसदहरूलाई चिया खाने निम्तो दिएका छन् ।
बुधवार संसदलाई सम्बोधन गर्दै उनले पुराना नेता तथा संसदहरू आफ्नो ३० बर्षको कार्यकाल सम्झाउदै नयाँ संसदको घरमा आएर कुरा गर्दै चिया खान निम्तो दिएका हुन् ।
‘यो ३० वर्षको मूल्याङ्कन गर्दा तपाईँहरूले संसदमा उभिएर एक अर्कालाई छेडखानी गर्नुपर्दैन । यस्तो कुरा घरमा चिया खाएर गर्दा हुन्छ’, लामिछानेले भने, ‘नेपाली जनताले आशा गरेर हेरिएको संसदलाई त्यसको दुरुपयोग नगरिदिनु अनुरोध गर्छु ।’
उनले अगाडि भने, ‘चिया खाने ठाउँको अभाव छ भने हामी नयाँ नेताहरूको घरमा आउनुस्, केही फरक पर्दैन । तपाईँहरुकैमा जानुपर्छ भन्ने छैन । अब चिया खाने थलो परिवर्तन गर्नुस् । चिया खाने थलोमा भर्खरै आएका सांसदहरूलाई पनि भेटघाट गर्नुस् । नयाँ दलहरूसँग पनि भेटघाट गर्नुस्, त्यसरी गरे राम्रो अभ्यास बस्छ ।’
लामिछानेले सरकारले आगामी आर्थिक बर्ष २०८०÷८१ को निति तथा कार्यक्रमलाई अघिल्लो केहि बर्षको निति तथा कार्यक्रमलाई दाजेर हेर्दै केहि पनि भिन्नता पाउन नसकेको भन्दै यस नयाँ गठबन्धनको सरकारले त्यही पुराना यसैलाई निरन्तरता दिएको भए पनि फरक नपर्ने बताएका छन् ।
उनले २०४७ पछि बजेटको ठुलो हिस्सा तलबमा सकिने गरेको बताएका हुन् । उनले दलका नेताहरूले यो गरेँ र उ गरेँ भनेर संसदमा छेडखानी गरेको सुनेको उल्लेख गर्दै त्यसको कुनै औचित्य नभएको समेत बताए ।
उनले पूर्वप्रधानमन्त्रिहरू, लामो समयदेखि राजनिति गरिरहेका नेताहरूले संसदमा आएर एक अर्कालाई छेढखानि गरेको आफ्नो कार्यकालमा यो गरेको त्यो गरेको कथाहरू पढेको बताउदै आफ्नो ३० बर्षको कार्यकालमा के—के गरे भन्ने बुझ्न कान्ति बाल अस्पताल, तथा सरकारी कुनै पनि अस्पताल तथा गरिब विपन्न पढेको विद्यालय जान आग्रह समेत गरेका छन् ।
‘यहाँ पूर्वप्रधानमन्त्रीहरुले दलका नेताहरूले एक अर्कालाई छेडखानी गरेको सुनियो । तपाईँहरुले ३० वर्ष के गर्नुभयो भनेर बुझ्न कान्ति बाल अस्पताल जानुहोला । गरिब विद्यार्थी बढेको विद्यालय जानुहोला ’, उनले चुनौती दिँदै भने, ‘यो ३० वर्षमा भयो के भने, आजभन्दा ३० वर्ष अगाडि हाम्रो बजेटमा १०० रुपैयाँमा ३० रुपैयाँको तलब खुवाउँदो रहेछौँ । ७० रुपैयाँ विकास गर्दो रहेछौँ । अहिले ठ्याक्कै उल्टो तपाईँहरुले दबी गर्नुभयो नि यसो गर्यौँ उसो गर्यौँ भनेर ७० रुपैयाँको तलब खुवाउने र ३० रुपैयाँ बजेटमा खर्च गर्ने होइन छुट्ट्याउने रहेछौँ ।’
यो ३० वर्षको मूल्यांकन गर्दा सांसद भएर एक अर्कालाई छेडखानी गर्नुको औचित्य नभएको उनले दोहोर्याए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij