Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

सिटिजन लाइफ इन्स्योरेन्सले सतप्रतिशत ब्याज छुट दिने

सिटिजन लाइफ इन्स्योरेन्सले सतप्रतिशत ब्याज छुट दिने


  • 2.6K
    Shares

    • images
    सिटिजन लाइफ इन्स्योरेन्सले सतप्रतिशत ब्याज छुट दिने

    काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा सतप्रतिशत विलम्ब शुल्क (ब्याज) छुट दिने भएको छ। 

    कम्पनीले आज एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेखमा सतप्रतिशत विलम्ब शुल्क छुटका साथ पुनर्जागरण गर्ने जानकारी गराएको हो। 

    यो सुविधा आज जेठ ७ गतेदेखि असार १५ गतेसम्म लिन पाइने कम्पनीले जनाएको छ। विलम्ब शुल्क छुट बीमा अवधिभर एकपटकमात्रै पाइने हुँदा यो अवधिभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी आआफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन कम्पनीले आग्रह गरेको छ।

    बीमालेख पुनर्जागरण गर्दा कागजात पेस गर्नुपर्ने अवस्थामा कम्पनीको नजिकको शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ। 

     

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - ११:१७:५१ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij