Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

बिमालेख धितो राखेर बैंकबाट ऋण लिन नपाइने

बिमालेख धितो राखेर बैंकबाट ऋण लिन नपाइने


  • 10.8K
    Shares

    बिमालेख धितो राखेर बैंकबाट ऋण लिन नपाइने

    बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

    पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरित हो । यही प्रवृत्ति रोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको बिमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

     

    बिमालेख धितो राखेर कर्जा दिने प्रवृत्ति रोक्न आवश्यक सहयोग तथा समन्वय गर्न गत मंगलबार राष्ट्र बैंकलाई पत्र लेखिएको छ । बिमालेखको धितोमा कर्जा लिनु बिमा ऐन विपरित हो ।

    बिमितले बिमालेख धितोमा सम्बन्धित बिमा कम्पनीबाट सेन्डर भ्यालुको ९० प्रतिशतसम्म कर्जा लिन पाइन्छ । जुन कम्पनीबाट बिमा गरिएको हो, सोही कम्पनीबाट कर्जा लिन पाइन्छ ।, तर बिमालेख धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइन्न । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - ०८:२५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij