२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज १ लाख १० हजार रुपैयाँ पर्नेछ भने यसअघि प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख ९ हजार ५ सय रुपैयाँ पर्नेछ ।
यस्तै,चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३८० रुपैयाँ पर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij