२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि सकारात्मक भएको जनाएको छ। नेकपाका महासचिव ‘विप्लव’ले सरकारसँगको वार्ताका लागि आफूहरू सकारात्मक रहेको बताएका छन्।
विप्लले आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनताको हित र अधिकारका लागि रहेका उल्लेख गरेका छन्।
विप्लवले विज्ञप्ति जारी गरेसँगै सम्भवतः प्रधानमन्त्री ओलीले आजै प्रतिबन्ध हटाउने घोषणा गर्ने बताइएको छ।
प्रधानमन्त्री ओलीले अहिले विराटनगरमा आयोजित सभामा सम्बोधन गरिरहेका छन्। सोही सभाबाट प्रतिबन्ध हटेको घोषणा गर्ने बुझिएको छ।

सरकारले फागुन २८ गते २०७५ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि महासचिव विप्लवसहितका नेताहरू भूमिगत भएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij