Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर,के–के छ कार्यसूची ?

संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर,के–के छ कार्यसूची ?


  • 2.2K
    Shares

    संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर,के–के छ कार्यसूची ?

    काठमाडौँ । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रश्न गर्ने भएका छन् । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटों बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यसूची रहेको छ ।

    बिहान ११ बजे सुरु हुने बैठकमा प्रश्न गर्नका लागि सांसदहरुले नाम टिपाइसकेका छन् । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने उल्लेख गरिएको छ ।

    प्रतिनिधिसभाको यो कार्यकालको पहिलो प्रश्नोत्तरमा भाग लिन कांग्रेसबाट ईश्वरी न्यौपानेले शिक्षा, रामहरि खतिवडाले अर्थ, दीपक गिरीले पर्यटन र दिलेन्द्र बडूले परराष्ट्र विषयमा बोल्न लिखित प्रश्न बुझाएका छन् । एमालेबाट पदम गिरीले अर्थतन्त्र, रघुजी पन्तले परराष्ट्र र विद्या भट्टराईले सुशासनको विषयमा जिज्ञासा राख्दै छन् । 

    माओवादीबाट पूर्णबहादुर घर्ती, रास्वपाबाट शिशिर खनाल, राप्रपाबाट ज्ञानेन्द्र शाही, जसपाबाट दीपक कार्की, एकीकृत समाजवादीबाट मेटमणि चौधरी, जनमतबाट अनिता देवी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल र नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी बोल्दै छन् ।

    हेर्नुस् कार्यसूची

    123.webp

     

    प्रकाशित मिति :जेठ ४ २०८० बिहिवार - ०६:०१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij