Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ: एलिजा गौतम

रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ: एलिजा गौतम


  • 2.5K
    Shares

    रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ: एलिजा गौतम

    काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा हिजो अन्तिम फैसला सुनाएसँगै नागरिक उन्मुक्ति पार्टीका एक हुल व्यक्तिहरु माइतीघर मण्डलामा पुगे ।

    हुलको केन्द्रमा थिइन् पत्रकार ऋषि धमलाकी पत्नी तथा सो पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतम । उपस्थित सञ्चारकर्मी र युट्यूवरको आकर्षणमा उनी परिहालिन् ।

    एलिजाले पनि सर्वोच्चको फैसलाविरुद्ध चर्को अभिव्यक्ति दिइन् ।‘जबसम्म उनले न्याय पाउदैन्न हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ,’ ‘यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’ रेशम चौधरी नछुटेको खण्डमा देशमा आगो लाग्ने घोषणा गरिन् ।

    निर्दोष व्यक्तिलाई ९–१० वर्षदेखि जेलमा राखिएको गुनासो गरिन् उनले । भनिन्, ‘तपाईं हामी सम्झिउँ न, हाम्रै दाजुभाई, हाम्रै परिवारमा यस्तो घटना घटेको भए कस्तो हुन्थ्यो होला ? हामीलाई आज त्यस्तै भएको छ ।’

    सञ्चारकर्मीले उनलाई सोधे, ‘उक्त घटनाका मृतकका परिवारलाई पनि त्यस्तै पीडा भएको थियो होला नि त ?’यो प्रश्नको जवाफ एलिजाले दिन सकिनन् । उनीसँगै रहेका कार्यकर्ताले बोले ।

    उनले भने, ‘यो आन्दोलन हो साथी । तपाईंहरु ‘घटना’ नभन्नुस । टिकापुर घटना होइन, आन्दोलन हो । १७ हजार मारिँदा उनीहरुको चाहीँ परिवार थिएन र ?

    धमलापत्नीले आफूहरु यतिञ्जेल देशमा कानून छ भनेर चुप लागेर बसेको बताइन् । ‘हामीले स्वीकारेका थियौं । आज आउला, भोलि आउला भनेर यत्रो ९–१० वर्षसम्म चुप लागेर बसेका हौं । उनले न्याय पाउछन् होला भन्ने थियो । तर, खोइ त र ? आज पनि हामी फुलमाला लिएर गेटमा बसेका थियौं, उनले न्याय पाउछन् भनेर । तर पाएन्न । एकदमै गलत निर्णय भयो । निर्दोष व्यक्तिलाई यसरी फसाउन पाइँदैन । अब हामी लड्छम् । सडकमा उत्रिन्छम्,’ आक्रोशित मुद्रामा उनले भनिन् ।

     

    प्रकाशित मिति :जेठ ३ २०८० बुधवार - ०९:५३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij