२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा .प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरण ‘दूधको दूध पानीको पानी’ हुनुपर्ने बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्दोष नफसून् र दोषी नउम्किऊन् भन्नेमा पार्टी स्पष्ट रहेको बताए । नक्कली शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस्, परिणाम त्यही आओस्,” अर्थमन्त्री समेत रहेका डा.महतले भने ।
‘सत्तासमीकरण फेरबदल हुन्छ ?’भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, “त्यस्तो देख्दिनँ । तपाईंहरू अनुसन्धान गर्नुस् ।”
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij