Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन


  • 2.0K
    Shares

    भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

    काठमाडौं । नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् ।उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा एमाले नेताहरु महेश बस्नेत, ठाकुर गैरे, विशाल भट्टराई, सुजाता शाक्य, अनेरास्ववियु अध्यक्ष समिक बडाल लगायत सहभागी छन् ।

    यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई उम्काउने र कसैलाई फसाउने नियतका साथ नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसमा खबरदारी गर्न उनले युवाहरुलाई आह्वानसमेत गरेका थिए ।

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १२:३६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij