Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर  एकै परिवारका चार जना जलेर घाइते

लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर  एकै परिवारका चार जना जलेर घाइते


  • 1.8K
    Shares

    लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर  एकै परिवारका चार जना जलेर घाइते

    सिमराः बाराको आदर्शकोतवाल गाउँपालिका १ चुयटाहास्थित एक घरमा आइतबार राति आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाइते भएका छन्। घाइते हुनेमा बुवाआमा र दुई छोरा रहेका छन्। 

    लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी श्रीमती ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोरा छोटु र तीन वर्षीय छोरा सन्दीपजलेर घाइते भएका हुन्। उनीहरूको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। 

    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भीर रहेको छ।  सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनीहरूलाई अस्पताल लगेका थिए। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरमा आगलागी हुँदा सम्पूर्ण सामान, लत्ताकपडा, अन्न जलेर नष्ट भएको छ भने पशुचौपाया समेत घाइते भएका छन्। 

    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पाण्डेका अनुसार आगलागीबाट चार लाख १० हजार बराबरको क्षति भएको छ। 

     

    प्रकाशित मिति :जेठ १ २०८० सोमवार - १०:३०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij