Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पुँजी वृद्धिको चटारोः प्रभूले भित्र्याउँदै विदेशी साझेदार, सम्पत्ति बेच्दै नेपाल इन्स्योरेन्स

पुँजी वृद्धिको चटारोः प्रभूले भित्र्याउँदै विदेशी साझेदार, सम्पत्ति बेच्दै नेपाल इन्स्योरेन्स


  • 2.2K
    Shares

    पुँजी वृद्धिको चटारोः प्रभूले भित्र्याउँदै विदेशी साझेदार, सम्पत्ति बेच्दै नेपाल इन्स्योरेन्स
    images

    काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पुँजी बढाउन बीमा कम्पनीहरुलाई चटारो चलेको छ । जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब पुँजी पुर्याउनु पर्ने नियामकको निर्देशन पालना गर्न अहिले धेरैजसो बीमा कम्पनी मर्जरमा लागेका छन् ।

    कसैले नयाँ साझेदार खोज्ने त कसैले सम्पत्ती बेचेर स्टक डिभिडेण्ट  बोनस सेयर  बाँड्ने रणनीति अघि सारेका छन् । यसमा प्रभू र नेपाल इन्स्योरेन्सको सक्रीयता अधिक देखिएको छ । अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने समझदारी भाँडिएपछि प्रभू इन्स्योरेन्सले चुक्तापुँजी बढाउन विदेशी साझेदार लगानीकर्ता भित्र्याउने प्रयास तीव्र बनाएको छ ।

    प्रभूसँगको मर्जर प्रक्रिया अघि बढ्न नसकेपछि अजोडले युनाइटेड इन्स्योरेन्ससँग मर्जर समझदारी गरेर एकीकृत कारोबारको तयारी थालिसकेको छ । मर्जरका लागि नयाँ साझेदार नपाएपछि प्रभूले भने विदेशी लगानीकर्ता ल्याउने प्रयास अघि बढाएको हो । प्रभूको मुख्य लगानीकर्ता देवी भट्टचनले पछिल्ला केही वर्षयता नेपालमा भएको सम्पत्ती पनि विस्तारै विदेशी स्वामित्वमा रुपान्तरण गर्न थालेका छन् ।

    बीमा प्राधिकरणले सबै कम्पनीलाई न्यूनतम चुक्तापुँजी कायम गरिसक्न आगामी असार मसान्तसम्मको समय दिएको थियो । त्यतिञ्जेलसम्मा विदेशी साझेदार भित्र्याएर पुँजी बढाइसक्ने योजनामा प्रभू छ । नियामक प्राधिकरणमा पनि कम्पनीले विदेशी साझेदार ल्याएर चुक्तापुँजी पुर्याउने ‘पुँजी योजना’ पेश गरेको छ । त्यसमा कम्पनीलाई प्राधिकरणले अनौपचारिक सहमती समेत दिइएको बताइएको छ ।

    कम्पनीका एक उच्च अधिकारीले अर्थपथसँगको कुराकानीमा ‘विदेशी साझेदार भित्र्याउने पहल भइरहेको, तर कुन देशको कुन लगानीकर्ता ल्याउने भनेर टुंगो नलागेको’ बताए । हालसम्म यो विषय छलफलकै चरणमा रहेको उनको भनाइ छ ।

    प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले आगामी असारसम्म पुँजी बढाउने आश्वसन नियामक निकायलाई दिएका छन् । अधिकांश बीमा कम्पनीले पुँजी वृद्धिका लागि मर्जरको बाटो रोजेका थिए । तर, प्रभु र नेपाल इन्स्योरेन्सले भने आ–आफ्नै तरिकाले पुँजी वृद्धि गर्ने भनेका छन् ।

    हाल प्रभुको चक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ छ । त्यस अनुसार कम्पनीले थप १ अर्ब १२ करोड ३९ लाख रुपैयाँ अर्थात् करीब ८२ प्रतिशत लगानी थप्नु पर्नेछ ।

    प्रभु र अजोडले गत असार ३२ गते १००ः७० स्वाप अनुपातमा मर्जमा जाने समझदारी गरेका थिए । तर, पछि स्वाप रेसियोमा सहमती जुट्न सकेन । अजेडका लगानीकर्ताले आफूहरु मर्कामा पर्ने भनेपछि मर्जर प्रक्रिया बीचैमा रोकिएको थियो ।

    गत पुस २७ गते उनीहरुको मर्जर सहमती भाँडियो । त्यसपछि पनि प्रभूले भने चुक्तापुँजी बढाउन देखिने गरी कुनै कदम उठाएको थिएन । अहिले आएर विदेशी लगानी ल्याउने गरी प्रक्रिया अघि बढेको भने पनि त्यसको स्पष्ट खाका पस्किन सकेको छैन ।

    मन्दीमा सम्पत्ती बेच्ने नेपालको रणनीति :

    अहिले घरजग्गादेखि सबैखाले सम्पत्तीको मूल्य सस्तिएको छ । अर्थतन्त्र सुस्ताएको छ । मन्दीको पुर्वसंकेत मानिने यस्तो अवस्थाबाट अर्थतन्त्रलाई सहज अवतरण गराउन सरकार र नियामक निकायहरु कत्तिको सफल हुन्छन् भन्ने स्पष्ट भइसकेको छैन । यस्तो विषम अवस्थामा नेपाल इन्स्योरेन्सले भने आफ्नो अचल सम्पत्ति बिक्री गरेर चुक्तापुँजी बढाउने योजना अघि सारेको छ ।

    हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । तोकिएको चुुक्तापुँजी पुर्याउन कम्पनीले १ अर्ब १ करोड रुपैयाँ पुँजी थप्नुुपर्छ । यो भनेको करीब ६८ प्रतिशत पूँजी बढाउनु पर्ने बाध्यता हो । नेपाल बैंकको प्रबद्र्धनमा ७६ वर्षअघि खुलेको यो कम्पनीसँग देशका विभिन्न स्थानमा अचल सम्पत्ती छ ।

    वित्तीय तरलता सिर्जना नगर्ने यस्तो अचल सम्पत्तीमा लगानी गरेर कम्पनीलाई नियमित नाफा हुन सक्दैन । यसैले पनि कम्पनीले अब अचल सम्पत्ती बेचेर चुक्ता पूँजी बढाउने योजना अघि सारेको छ । सम्पत्ती बिक्री गरेर चुक्तापुँजी पुर्याउन लागिएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

    पहिला जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो । तर, प्राधिकरणले २०७८ चैतमा एक निर्देशन जारी गर्दै २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम गर्न भनको थियो ।

    उक्त अवधीमा जम्मा ४ वटा कम्पनीले मात्रै तोकिएको चुक्तापुँजी पुर्याउन सके । त्यसपछि प्राधिकरणले आगामी असार मसान्तसम्मको म्याद दिएको छ । सोही अनुसार बीमा कम्पनीहरु मर्जर, हकप्रद सेयर लगायतका माध्यमबाट चुक्तापुँजी बढाउँदै छन् ।

    एनएलजीमा बम्पर हकप्रद :

    एनएलजी इन्स्योरेन्सले भने हकप्रद सेयर जारी गर्ने भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको बहुमत सेयर स्वामित्व भएको यो कम्पनीमा हकप्रद सेयर हाल्न प्रबद्र्धक राजी भए पनि यही प्रक्रीयाबाट पुँजी बढाउने प्रथास भएको हो । एनएलजीसँग अहिले १ अर्ब ४६ करोड पूँजी छ ।

    यो वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दियो भने कम्पनीसँग १ अर्ब ६० करोड पुँजी पुग्छ । त्यसपछि पनि कम्पनीले पुँजी पुर्याउन झण्डै ९० करोड पुँजी थप्नुपर्छ । यसका लागि कम्पनीले करीव १०ः५।६ अनुपातमा हकप्रद सेयर जारी गर्नुपर्ने हुनसक्छ ।

     

    प्रकाशित मिति :बैशाख ३१ २०८० आइतवार - १६:५२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij