Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मधेशी पार्टी फुटाउन प्रधानमन्त्रीले यी मन्त्रीलाई दिए जिम्मा, ठाकुरको नेतृत्वमा पुरानै पार्टी ब्युँताईदै 

मधेशी पार्टी फुटाउन प्रधानमन्त्रीले यी मन्त्रीलाई दिए जिम्मा, ठाकुरको नेतृत्वमा पुरानै पार्टी ब्युँताईदै 


  • 7.8K
    Shares

    मधेशी पार्टी फुटाउन प्रधानमन्त्रीले यी मन्त्रीलाई दिए जिम्मा, ठाकुरको नेतृत्वमा पुरानै पार्टी ब्युँताईदै 

    काठमाडौँ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युँताउन छलफल अघि बढाएका छन् ।

    त्रिपाठी पछिल्लो समय आफ्नै पार्टी गठनको तयारीमा छन् । त्यसका लागि उनले नाम र चुनाव चिन्ह तमलोपको लिन छलफल सुरु गरेका हुन्। यस विषयमा उनी सहमतिनजिक पुगेको त्रिपाठीनिकट नेताहरुले बताएका छन् ।

    २०६४ साल पुस १३ गते महन्थ ठाकुरको नेतृत्वमा हृदयेश त्रिपाठी, महेन्द्र राय यादव, वृजेशकुमार गुप्ता, रामचन्द्र कुशवाह, वृशेषचन्द्र लाल, अनिश अन्सारी, रामचन्द्र रायलगायतले तमलोपा गठन गरेका थिए । पछि पार्टी टुटफुट भएको थियो । ठाकुर हाल जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष छन् ।

    ठाकुरको विरासत बोकेको पार्टी र चुनाव चिन्ह लिएर नयाँ पार्टी गठन गरी उनलाई समेत ल्याउनेगरी छलफल भइरहेको यसको गृहकार्य गरिरहेका त्रिपाठी निकट एक नेताले बताए ।

    ‘नाम र चुनाव चिन्ह तमलोपाकै राखेर नयाँ पार्टी गठन गर्ने विषयमा छलफल भइरहेको छ,’ ती नेताले भने, ‘निर्वाचन आयोगबाट सो नाम पाउन समस्या नपर्ने देखिन्छ ।’

    तमलोपा आयोगमा अहिले दर्ता छैन । एक वर्ष नाघेपछि त्यो नाम जसलाई पनि दिन मिल्ने भएकाले नाममा सहमति जुटे प्रक्रिया अघि बढाइने त्रिपाठीको योजना छ ।

    त्रिपाठी आफैँ तमलोपाको संस्थापक नेता भएकाले उनको पहिलो प्राथमिकतामा सो नाम परेको नेताहरु बताउँछन् । ‘उहाँलाई तराई र मधेस दुवै जोडिएका नाम प्रिय लाग्छन्,’ उनी निकट ती नेताले भने, ‘त्यसैले तमलोपाकै सम्भावना बढी छ ।’

    महन्थ ठाकुरलाई समेत ल्याउन उनैले गठन गरेको तमलोपा र झण्डालाई पहिलो प्राथमिकतामा राखिएको हुनसक्ने ती नेताले बताए ।

    उनका अनुसार यसबारेमा ठाकुरसँग त्रिपाठीले कुराकानी गरिसकेका छन् । यो सबै प्रधानमन्त्री ओलीको सल्लाहमा भएको बुझिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १३:१०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij