Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गर्न सिफारिस

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गर्न सिफारिस


  • 2.9K
    Shares

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गर्न सिफारिस

    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस भएका छन्। सोमबार बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई सर्वसम्मत रूपमा प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। हाल कामु प्रधानन्यायाधीशका रुपमा रहेका कार्कीको अब संसदीय सुनुवाइ हुनेछ। त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्नेछन्। ​

    चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए। उमेर हदका कारण उनको अवकाश भएपछि कार्की कामु प्रधानन्यायाधीशको भूमिकामा छन्।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - १८:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij