Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सांसद अमरेश सिंहले बैठकमै फुकाले लुगा

सांसद अमरेश सिंहले बैठकमै फुकाले लुगा


  • 2.8K
    Shares

    सांसद अमरेश सिंहले बैठकमै फुकाले लुगा

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् । आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

    सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए । सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र भेष्ट लगाएका थिए । त्यसपछि संसद बैठकको नियमित कार्य सुरु भएको छ ।

    प्रकाशित मिति :बैशाख २५ २०८० सोमवार - १०:३९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij