२०८२ माघ ७ गते बुधवार
प्रमुख प्रतिपक्षी नेकपा एमालेको झापामा हुने भनिएको केन्द्रीय कमिटी बैठकको स्थान सारिएको छ। एमालेको झापामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने भएको हो।
एमाले पोलिटव्युरो सदस्य राजन भट्टराईले विशेष कारणवश झापामा हुने भनिएको बैठक काठमाडौंमा हुने जानकारी दिए। ‘झापामा हुने भनिएको केन्द्रीय कमिटीको बैठक विशेष कारणवश वैशाख २८ देखि ३० सम्म काठमाडौंमा सरेको छ,’ उनले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij