२०८२ भाद्र १८ गते बुधवार
काठमाडौँ । ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले उनीहरुमध्ये मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।
सरकारले गरेको निर्णय अनुसार बाँकी सजाय मिनाहा पाएकाहरुमध्ये एक सय ७९ जना हत्यालगायतका कसुरमा जन्मकैद सजाय पाएका कैदीहरु हुन्। उनीहरु पनि प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेछन्।
मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति कहाँ पठाइनेछ। राष्ट्रपतिबाट कैद मिनाहा र आममाफी गरिएपछि उनीहरु कैदमुक्त हुनेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij