२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । काठमाडौंको गोंगबुस्थित टाउन प्लानिङबाट सुन र नगदसहित पक्राउ परेका विनोद श्रेष्ठलाई प्रहरीले राजस्वमा बुझाउने निर्णय गरेको छ ।
मंगलबार प्रहरीले छापा मारेर श्रेष्ठको घरबाट ४ करोड २५ लाख ५० हजार नगद र ९ केजी ८३७ ग्राम सुनका गहना बरामद गरेको थियो । गोरखा नगरपालिका वडा नम्बर-६ घर भएर गोंगबुमा बस्दै आएका श्रेष्ठमाथि थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका छन् ।
७६ वर्षीय श्रेष्ठले छोराहरूको ‘एडिबी’ नामको कम्पनी रहेको र बैंकबाट ९ लाखभन्दा धेरैको कारोबार गर्न नमिल्ने भएका कारण घरमा नै नगद राखेको प्रहरीसँग बताएका छन् ।
उनले धरौटीको रूपमा सुन राखेर पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनको घरबाट प्रहरीले ३ केजी २१८ ग्राम चाँदी पनि बरामद गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij