२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९६ जनामा १११ जना कोरोना संक्रमण मुक्त भएका छन् यो संगै कोरोना मुक्त हुनेको संख्या २ लाख, ६९ हजार ५ सय ६ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ४८ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij