Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

नागार्जुन साहित्यिक प्रतिष्ठानको मासिक सुप्रभात काव्यगोष्ठी सुसम्पन्न

नागार्जुन साहित्यिक प्रतिष्ठानको मासिक सुप्रभात काव्यगोष्ठी सुसम्पन्न


  • 3.3K
    Shares

    नागार्जुन साहित्यिक प्रतिष्ठानको मासिक सुप्रभात काव्यगोष्ठी सुसम्पन्न
    images

    नागार्जुन साहित्यिक प्रतिष्ठानको मासिक सुप्रभात काव्यगोष्ठी सदाझैँ तेस्रो शनिबार एक दर्जन रचना वाचन तथा ती कवितामाथि समसामयिक विमर्श गर्दै सुसम्पन्न भएको छ ।

    प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कवि लीलाराज दाहालले 'दुस्मनसामु पछि हट्ने सरदार उस्तै छ' शीर्षकीय गजल, रामदेव पाण्डेले 'जाबो विज्ञान' रामकृष्ण आचार्यले 'युद्धको परिणाम' र प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवालले 'घाम नियाल्दै चराहरू' वाचन गरेका थिए ।

    त्यसैगरी सुजिता अविरलले 'कुकर्मका पर्दाहरू' शीर्षकको गजल वाचन गरिन् भने  रत्न विरही घिमिरेले 'तेजाब हाल्दैछु म' शीर्षकीय छन्द कविता सुनाए ।
    यसरी नै जनक भण्डारीले 'जुठाभाँडा देखाउने सासूको रवाफ' शीर्षकको गजल, भेषेन्द्र अर्यालले 'धुम्रपान' केशव सिलवालले 'धुवाँको साम्राज्य' र युवराज नास्तिकले 'भुसुना' शीर्षकीय कविता प्रस्तुत गरे ।

    शृङ्खलालाई सुचारु गर्दै शिवहरि पाण्डेले 'फेरि नखोजी नहुने दरकार छ' शीर्षकको गजल र दिल पौडेलले 'सीडीओको सेतो घोडा' वाचन गरेका थिए ।
    प्रतिष्ठानका महासचिव युवराज नास्तिकले सहजीकरण गरेको सो कार्यक्रममा समालोचक डा• श्रीराम खनालले वाचित रचनाको सटीक शल्यक्रिया गरेका थिए । उनले वाचित कविताहरू समकालीन युगका प्रतिनिधि सिर्जना भएको दाबी गरे । 'सिर्जनामा विकृति, विसङ्गति मात्र उधिनिएको छैन अपितु व्यङ्ग्यवाण पनि प्रहार गरिएको छ । वाचित रचनाले वास्तवमै  सिङ्गो युगको आवाज बोलेका डा• खनालको जिकिर थियो ।

    अध्यक्ष दिल पौडेलले अर्को कार्यक्रम आगामी ज्येष्ठ महिनाको बीस गते उही स्थान र समयमा आयोजना हुने अवगत गराउँदै कार्यक्रमको विधिवत् समापन  गरेका थिए । 

    प्रकाशित मिति :बैशाख १७ २०८० आइतवार - १२:५९:२४ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij